कम्बल ओडेर घ्यु खानेहरुको पर्दाफास हुनुपर्छ : कृष्ण पहाडी
। मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले शीर्ष नेताहरु भ्रष्टताले लोकतन्त्र खतरामा परेको बताएका छन् ।
मानव अधिकार तथा शान्ति समाजद्वारा २८ औ स्थापना दिवसको सन्दर्भमा काठमाडांैमा आयोजित “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयक गोष्ठीमा पहाडीले यतिदेखि ओम्नीसम्म, ७० करोड प्रकरण, जलहरीदेखि तिलहरीसम्म कम्बल ओडेर घ्यु खाएको कुराको अनुसन्धान हुनुपर्ने बताए ।
‘आफुले ल्याएको लोकतन्त्र भयावह छ । शीर्ष नेताहरु भ्रष्ट छन् र नेपाली जनता त्रस्त छन् । एकजना पूर्व प्रधानमन्त्री हुनुहुन्छ ट्विटरमा लाखौ फलोअर्स भएका । उहाँको सहकर्मी माओवादीका पूर्व मन्त्रीले के भन्नु हुन्छ भने पूर्व प्रधानमन्त्रीको बारेमा,१२ करोडको डिल थियोे, मन्त्रिपरिषदको निणर्य गर्ने मैले २ करोड मैले खान्छु भने भन्नु भयो । कसैले आरोप लगाउँदैमा सत्य हुँदैन् । तर १२ करोडको नीतिगत भ्रष्टचारमा जाँच र अनुसन्धान हुनुपर्छ । ६६ सालतिरका पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँले बालुवाटारको विषयमा नितीगत रुपमा भ्रष्टचार गर्नु भएको छ । चार करोड खाएको भनेर त संसदरुले भनेरै हिड्नु भएको छ । यति ओम्नीदेखि लिएर, ७० करोड देखि लिएर, जलहरीदेखि तिलहरीसम्म कम्बल ओडेर घ्यु खाएको कुरा त आयो । आशा र भरोसाको त कुनै केन्द्र नै रहेन् । ’
शीर्ष नेताहरु भ्रष्ट भएको भन्दै उनले लोकतन्त्रको क्षयीकरण भएको बताए । लेखेको कुराहरु मेटेको कुराहरु आईरहेको र अब आशा, भरोसाको कुनै केन्द्र नभएको पनि पहाडीको भनाइ थियो ।