शान्ति प्रक्रियाको बाँकी रहेको अलिकति काम सकिहाल्नुपर्छ : सुवासचन्द्र नेम्वाङ
काठमाडौं । नेकपा एमालेको संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले शान्ति प्रक्रियाको बाँकी रहेको अलिकति काम सकिहाल्नु पर्ने बताएका छन् ।
मंगलबार बसेको कानून न्याय तथा मानवअधिकार समिति अन्तर्गत उपसमितिको बैठकमा उपनेता नेम्वाङले अन्तर्राष्ट्रिय प्रतिवद्धताहरुलाई पनि ध्यान दिएर शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गरिहाल्नु पर्ने बताए ।