संघीय निजामती ऐन ल्याउन सरकारसंग सांसद बैरागीको माग
काठमाडौं । नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले निजामती सेवालाई स्वच्छ र पारदर्शी बनाउन संघीय निजामती ऐन ल्याउन सरकारसंग आग्रह गरेका छन् ।
विहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा उनले संघीय निजामती ऐनतत्काल ल्याउनु पर्ने माग गरे ।