यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजआइतबारका लागिविदेशी मुद्राको विनिमय दर सार्वजनि गरेको छ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १० पैसा र बिक्री दर १६५ रुपैयाँ ८५ पैसा रहेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ६४ पैसा र बिक्री दर १४२ रुपैयाँ २९ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा पुगेको छ।कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको छ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।