कफी क्षेत्रको विकास प्रवद्र्धनका लागि कफी सम्मेलन तथा प्रदर्शनी हुने
काठमाडौं । नेपालकफीव्यवसायीमहासंघले राष्ट्रिय कफी सम्मेलन तथाप्रदर्शनी– २०८०को आयोजनागर्ने भएको छ ।
सोमबार काठमाडौंमा आयोजितपत्रकार सम्मेलनमामहासंघका महासचिव सन्तोष पोखरेल सरोकारवालाहरुलाई अवसरहरुको खोजी गर्न, ज्ञान बाँडन र नेपालको कफी क्षेत्र विकास प्रर्वद्धन गर्न, एकीकृत गर्ने उदेश्यले राष्ट्रिय कफी सम्मेलनतथाप्रर्दशनी गर्न लागिएको जानकारी गराए ।
उनले भने ‘ हाम्रापाखाबारीहरु बाझै हुने युवाहरु विदेशपलायनहुने अवस्थाछ । धान कोदो मासेर कफीखेती गर भन्न सक्नु पर्यो । पाखाबारीमा कुटोले खनेर रोप्दापनिउम्रन्छ भनेर भन्नु भएन । हामीले अलिकति वैज्ञानिक ढङगबाट कसरी सुरक्षितगराउन सकिन्छ, कसरी बढि भन्दा बढि कफीको वास्तविकताविधि विज्ञानलाई बताउन सकिन्छ भनेर हामीले टेक्निकल सेक्सन गरेको छौं । ’
राष्ट्रिय कफी सम्मेलन तथाप्रदर्शनी २०८० मा कफीको आन्तरिक एवं वाह्यबजार प्रवद्र्धन गर्ने, कफी क्षेत्र विकास प्रवद्र्धनकालागिआवश्यकनीतितथा ऐन उपरको पैरवीअन्र्तक्रिया,उद्यमीव्यवसायीको आफ्नाउत्पादनहरु, सेवाहरुको प्रर्दशनी, कफीको राष्ट्रिय विद्यागतप्रतिष्पर्धा र पुरस्कार (क्याफे वारिस्ता, जाते आट र कफीलगायतकफीको मूल्यश्रृंखलाअनुरूपविविधविषयकावर्तमानअवस्था र वस्तुस्थितिलाई सम्बोधनहुने गरि आयोजना गरिएको पनिमहासचिवपोखरेलले बताए ।
यस राष्ट्रिय कफी सम्मेलन तथाप्रदर्शनी २०८० नेपाल सरकार उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालय, कृषितथापशुपंक्षीविकास मन्त्रालय, राष्ट्रिय चियातथाकफीविकास बोर्ड, नेपाल पर्यटन बोर्ड, युरोपियनयुनियनव्यापार तथालगानी परियोजान र इन्टरनेशनलट्रे सेन्टरको सहकार्य एवं समन्वयमाआयोजनाहुनलागेको हो ।
सम्मेलन मिति २०८० सालअसार ०२ देखि ०५ गते सम्म काठमाडौको नयाँबजार सासा बैंक्वेटमा हुनेछ ।