मन्त्रिपरिषद् बैठक : बजेटबारे भएन ठोस निर्णय
काठमाडौँ । बजेटबारे सक्ता पक्षकै असन्तुष्टिबारे मन्त्रिपरिषद्को अर्को बैठकमा छलफल हुने भएको छ ।
मंगलबार बसेको नियमित मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि ठोस निर्णय हुन नसके पछि यही विषयमा मात्रै छलफल गर्ने सहमति भएको कानून मन्त्री धनराज गुरुङले बताए।
उनले भने ‘यस विषयमा केही गुनासाहरु सत्ता पक्षको पनि रही आएको छ यस सन्र्दभमा सर्वदलीय विशेष गरेर गठबन्धनका साथिहरुबाट पनि ठुलै गुनासो । हामी भित्रै ठुलो गुनासो रही आएकै छ । यसमा मिलाई—जुलाई गरेर फेरी जाउँला तर अर्को कुनै दिन यसै सन्र्दभमा मात्रै बैठक बस्ने गरेर उठेका छौं । ’
यसअघि आजै मंगलबार बसेको गठबन्धनका नेतहरुको बैठकमा बजेटमा पुनर्विचार गर्ने सहमति भएको थियो ।
त्यस्तै मन्त्री गुरुङले एनसेलले अन्तराष्ट्रिय अदालतमा हालेको मुद्दा सरकारले जितेको र त्यसका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय भएको जानकारी दिए ।
‘एनसेलका सन्र्दभमा अन्तर्राष्ट्रिय रुपमा एनसेलले नै मुद्दा हालेको थियो । त्यो नेपालले जितेको छ । एक अर्ब मात्रै शुल्क तिर्दा हुने अवस्था रह्यो ।’ उनले भने ‘ हाम्रो तर्फबाट अहोरात्र खटेर मुद्दा लडेका सबैलाई धन्यवाद दिएका छौं आजको निर्णय यही हो ।