विद्युतीय कारोबार सम्बन्धि मुद्दामा पत्रकार छायाचन्द्र भण्डारीले पाए न्याय
काठमाडौं । न्यूजअभियानडटकमका सम्पादक छायाचन्द्र भण्डारीले विद्युतीय कारोबार सम्बन्धि मुद्दामा न्यायपाएका छन् ।
काठमाडौंजिल्लाअदालतमानेपालप्रहरीको साइबर ब्यूरोले दायर गरेको मुद्दामा सम्पादक भण्डारीले न्यायपाएकाहुन् ।
विद्युतीय कारोबार सम्बन्धिदायर गरेको उक्त मुद्दामा काठमाडौं जिल्लाकान्यायाधीश केशवप्रसाद घिमिरेले आजअन्तिमआदेशको फैसलामार्फत बादीतर्फको दाबीनपुग्ने भन्दै भण्डारीको पक्षमा फैसलासुनाएकाहुन् ।
सम्पादक भण्डारीलाई जिल्लाअदालत काठमाडौंमा साईबर क्राइम सम्बन्धमा साईबर ब्युरोले गत २०७९ भदौमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दाको बहस वकिलद्वष्अनन्त राजलुईटेल, वकिलभक्ति घिमिरेले गरेका थिए ।
नेपालपत्रकार महासंघ केन्द्र र जिल्ला ,प्रेस काउन्सिल नेपाल, नेपाल प्रेस युनियन, एसियनहुमनराइट्स कमिसन, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशिलपत्रकार संघलगायतका संघ संस्थाले भण्डारीलाई विद्युतीय कारोबार मुद्दा लगाइएको सम्बन्धमाआपत्ति प्रकट गरेका थिए ।
समाचार लेखेकै आधारमाझुठ्ठा मुद्दामा फसाउने योजनाअदालतको फैसलाले असफलतुल्याएको पत्रकार भण्डारीले बताएका छन् ।