प्रचण्डको पशुपति दर्शनबारे पूर्व प्रधानमन्त्री भट्टराईको टिप्पणी : यो राजनीतिक भयो
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्षएवम् पूर्व प्रधानमन्त्रीडा.बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथधार्मिक स्थलमागएको भन्दै प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत भट्टराईले मन्त्री परिषद्का सम्पूर्ण सदस्यहुलबाँधेर धार्मिक स्थलमाजाँदा राजनीतिकहुने र प्रश्न उठ्नेबताएका छन् ।
‘कोहीएक्लै वा सपरिवार कुनै धार्मिक स्थलजाँदाप्रश्न उठाउन मिल्दैन। त्यो उसको निजीआस्थाको कुरा हो,’ उनले फेसकुकमा लेखेका छन्, ‘तर जब पूरै मन्त्रिमण्डल एकैसाथ र एउटा शृंखलामाधार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ!’
उनले प्रचण्डलाई तत्कालिन सास्कृतिकक्रान्तिको नारा समेत सम्झाएका छन् । उनले लेखेका छन् ‘नयाँ ‘सांस्कृतिकक्रान्ति’ र ‘सांस्कृतिकनक्सा’??
प्रधानमन्त्रीप्रचण्ड, अर्थमन्त्रीप्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्रीशक्ति बस्नेतसहित हिजो पशुपतिनाथको मन्दिर पुगेका थिए ।
प्रधानमन्त्रीको सचिवालयले भने हिजोको भ्रमण अवलोकनकालागिमात्रै भएको बताएका छन् ।