आयोजक बीएमसीए र एचएचसीए अन्तर विद्यालय बास्केटबलको क्वाटरफाइनलमा
काठमाडौं । आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र एचएचसीएप्रथमबीएमसीएकपअन्तरविद्यालयबास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनलमाप्रवेश गरेका छन् ।
बुधबार भएको खेलमाबीएमसीएले भद्रकालीलाई ३६–३१ ले पराजितग¥यो । विजयी टिमका लागि सुजन तामाङ र आशिष राईले समान ११–११ अंक जोडे । यस्तै एचएचसीएले युनिभर्सिटीलाई ३७–२५ ले हरायो । एचएचसीएका डेभिड राईले ११ अंक जोडे ।
सिनियर ब्वाइजमै ग्रिनल्याण्डले हिमालयन किङडमलाई ६१–५०, सेन्ट जोसेफले जुगललाई ४०–३०, इडेन ब्रिज एकेडेमी (इबीए) ले ज्ञान भूमिलाई ३७–३०, गोल्डेनपिकले टीआईएलाई ५७–४० र ग्रामशिक्षाले बूढानीलकण्ठलाई ३२–२१ ले पाखालगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । ग्रिनल्यान्डका सुरेश बिसीले २०, सेन्ट जोसेफकानिकेश तामाङले ११, इबीएका सोहन भण्डारीले ९, गोल्डेनपिककाविजयतामाङले २४ र ग्रामशिक्षाका छेवाङ भोटेले १४ अंक बटुले ।