तीन सञ्चारकर्मी टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८० बाट सम्मानित
काठमाडौं । विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका टंक कार्की, ताराचन्द्र देवकोटा र कृष्ण कार्की ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ बाट सम्मानित भएका छन् ।
नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८० संस्करणको मुलपानीमा सञ्चालित एक कार्यक्रमका बीच उनिहरुलाई सम्मान गरिएको हो । बक्स अफिस इन्टरनेसनल गु्रपका अध्यक्ष आरके सुवेदी संयोजक रहेको नेपालको एकमात्र अवार्ड हो ।
यो गरिमामय अवार्ड आयोजना हरेक वर्षको जेठ मसान्तमा आयोजना हुँदै आएको छ ।
कार्यक्रममा सञ्चार उद्यमी आर के मानन्धर, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नेपाल राष्ट्र बैंकको नोट डिजानर तथा गीतकार सुन्दर श्रेष्ठ, वरिष्ठ कलाकार कृष्ण सिवाकोटी, निर्माता सुनिल ढकाल लगायत बरिष्ठ कलाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
स्थानीय पुराना निर्माता तथा निर्देशक रामभक्त श्रेष्ठको सभापतिमा सम्पन्न भएको टेलिफिल्म अवार्डमा प्रसिद्ध कलाकारहरुले मौलिक सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए । कार्यक्रममा टेलिफिल्म क्षेत्रका विभिन्न विधाका उत्कृष्ठहरुलाई सम्मान पनि प्रदान गरिएको थियो ।