एक आर्थिक बर्षमा ३ कार्यालय प्रमुख फेरिए,अन्त्यमा कोही नहुँदा विजोग
काठमाडौं । एक आर्थिक बर्षमा तीनवटा कार्यलय प्रमुख परिवर्तन भए तर एक जनापनिकार्यालयमाउपस्थितनहुँदामुगुको कृषिकार्यालय सुनसान छ ।
आर्थिक वर्षकोअन्त्यतिर योजनाको भुक्तानीदिने, आयोजनाको अनुगमन गर्ने र कृषकहरुलाई ज्ञान मुलकतालिमहरुमाव्यस्तहुनु पर्ने मुगु जिल्लाको जिल्ला कृषिविकास कार्यालयकाकार्यालय प्रमुख नै लामो समयदेखि अनुपस्थित छन् । जस्को कारण कार्यालयको कामकाज ठप्प छ भने आयोजना सम्पन्नभएकाउपभोक्ता समिति र सेवालिने सेवाग्राहीहरु मारमा परेका छन् ।
जिल्लाकृषिविकासकार्यालय मुगुबाट सञ्चालनहुने साना सिंचाई आयोजना ९४ वटा छन भने जस्मा७६ वटा आयोजनाको सम्झौतासम्पन्नभएका छन । अन्य १८ साना सिंचाई आयोजनाको सम्झौतानहुँदाथप समस्याउत्पन्नभएको छ ।साना सिंचाई आयोजनाअन्तर्गत स्याउअनुदान,वृक्षरोपण,ओखर,केरा,कागती,बिउबैंक लगायतकाकामहरु भएका छन ।
कृषिविकास कार्यालयबाट आर्थिक बर्ष २०७९।०८०को कोलगड कागती खेती साना सिंचाई आयोजनाको सम्झौता गरी काम सम्पन्नभएपनिभुक्तानीलिनको लागि गाँउबाट २ दिन पैदल हिडेर आएकाहरुले अझै कतिदिनकुर्नु पर्ने हो टुंगो छैन् ।कार्यालयप्रमुखनहँुदाभुक्तानीमानिकै समस्याभएको उपभोक्ता समितिकापदाधिकारीहरुको गुनासो छ ।
खत्याड गाँउपालिका वडा नम्बर ११का कोलगड कागतीखेती सिंचाईआयोजनाकाअध्क्षयअजबहादुर शाहीले भुक्तानीलिनकालागिआउँदाहोटलमा खान बस्न समस्याभएको बताए । कार्यालय प्रमुखनहुँदाधेरै कृषकहरुलेसेवालिननिकै दुःख खेपी रहेको छाँयानाथ रारा नगरपालिका १ की कृषक इन्दिरामल्लको गुनासो छ ।
आ.व २०७९।०८०मा कार्यरत कार्यालय प्रमुख खेमराजशाही सरुवाभएर गएको, तिलकप्रसाद पाण्डे ४३ दिनमात्रजिल्लामा बसेरसरुवाभई गएकोर गतफागुन १७गते कार्यालय प्रमुखभएर आएका रामबहादुर थापा जेठ ७गते प्रदेश कृषिविकास कार्यालयमातालिममागएको बखतउत्ताउत्तै बढुवा भएर गएपछिअहिले कार्यालय प्रमुखनहुँदाआर्थिक बर्षको अन्त्यमासेवाग्राहीले निकै समस्याभोग्नु परेको छ ।
प्रमुखनहुँदा समस्यामाथि समस्या भएपछि कर्णालीप्रदेश सरकारलाई छिटो भन्दा छिटो कार्यालय प्रमुखको व्यवस्थागर्न लिखितपत्राचारका साथै तथा मौखिकआग्रहपनि गरिएको निमित्तकार्यालय प्रमुख टेकबहादुर खत्रीले बताए ।