दूग्ध विकास बोर्ड खारेज गर्ने सरकारको निर्णयको विरोधमा उत्रिए व्यवसायीहरु
काठमाडौं । राष्ट्रिय दूग्धविकास बोर्ड खारेज गर्ने सरकारको निणर्यमा सरोकारवालानिकायहरुले विरोध जनाएका छन् ।
मंगलवार काठमाडौंमापत्रकार सम्मेलन गर्दै डेरी उद्योगसँग सरोकार राख्ने संघ÷संस्थाहरु नेपाल डेरी साइन्स एशोसिएसन, नेपाल डेरी एशोसिएसन, केन्द्रीयदुग्ध सहकारी संघ, केन्द्रीयपशुपंक्षीतथामत्स्यविकास सहकारी संघ, नेपालएनिमल साइन्स एशोसिएसनलगायतकानिकायहरुले सरकारको ध्यानाकार्षण गराएकाहुन् ।
नेपाल डेरी साइन्स एशोसिएसनकाअध्यक्ष टेकबहादुर थापाले देशको कूल राष्ट्रिय आयमा ठूलो योगदान पु¥याइरहेको डेरी उद्योगको नियमकनिकायखारेजीहुनु दुःखद् रहेको गुनासो व्यक्त गरे । सरकारको यस निर्णयले डेरी क्षेत्रलाई थपजोखिमतर्फ धकेलेको उनको भनाई छ ।
उनले भने,‘राष्ट्रिय दुग्धविकास बोर्ड जसले यो देशमादुग्धउद्योगको नीति बनाउँछ । त्यो बोर्ड खारेजीमा परेको छ । डेरी सेक्टरले राष्ट्रिय आयआर्जनमा ठूलो योगदानपुर्याएको छ । डेरी सेक्टरले पु¥याएको योगदान नौ प्रतिशत छ । सयमा नौ प्रतिशत योगदानपुर्याउने भनेको यो एकदमै महत्वपूर्ण क्षेत्र हो । अहिलेको सरकारको निर्णयले यो क्षेत्र एकदमै जोखिममा परेको छ,।’
सरकारले राष्ट्रिय दुग्धविकास बोर्ड खारेज गरेमानीजि क्षेत्र डामाडोल हुने टिप्पणी गरे ।
सरकारले दुग्धविकास बोर्ड खारेज गर्ने निर्णयबाट पछि हटेर बोर्डमाउचित बजेटको व्यवस्थागर्न उनको माग छ ।