यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । सोमबारका लागिनेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ शून्य पैसा पुगेको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्री दर १४१ रुपैयाँ ३३ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ६० पैसा र बिक्री दर १६४ रुपैयाँ ३५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।