फास्ट ट्रयाक सम्बन्धि राखिएको बजेट रक्षा मन्त्रालयमा पठाउन सांसद महासेठको माग
काठमाडौं । नेकपाएमालेका सचिवतथा सांसद रघुवीर महासेठले भौतिकपूर्वाधार तथायातायातमन्त्रालयभित्र फास्ट ट्रयाक सम्बन्धि राखिएको बजेट रक्षामन्त्रालयमा पठाउन माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभामा बजेट माथिको छलफलमा उनले फास्ट ट्रयाक भौतिकपूर्वाधार मन्त्रालयले अनुगमनगरि टिकाटिप्पणी समेत गर्न नपाउने भन्दै यसको जिम्मेवारी रक्षामन्त्रालयलाई नै दिनु पर्ने बताएकाहुन् ।
उनले भने,‘ फास्ट ट्रयाकमा भौतिकपूर्वाधार मन्त्रालयको कुनै रोल हुँदैन । अनुगमन गरी हेर्न पाउँछ तर गलत सही टिकाटिप्पणी गर्न पाउँदैन । भौतिकमन्त्रालयभित्र राखिएका फास्ट ट्रयाक सम्बन्धिजति बजेट छ, त्यो रक्षामन्त्रालयमा पठाइयोस् । जब भौतिकमन्त्रालयको त्यहाँ रोल नै हुँदैन, भौतिकमन्त्रालयमाकिन पैसा पठाउनुपर्यो ?।’
उनले फास्ट ट्रयाक नेपाली सेनाले बनाउँन सक्छ कि सक्दैन भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षले छलफल गर्नुपर्ने बताए ।
जन्मसिद्ध नागरिकको छोराछोरीलाई नागरिकतादिनेगरी विधेयकल्याउन सरकारसँग माग समेत गरे ।