नेपालले मलेसियाविरुद्धको टी ट्वान्टी आई श्रृंखला ३–२ ले कब्जा जमायो
काठमाडौं । नेपालले अन्तिम खेलमामलेसियालाई हराउँदै दुई देशबीचको श्रृंखलाकब्जाजमाउन सफलभएको छ ।नेपालले पाँच खेलको महिलाटी ट्वान्टीआई श्रृंखला ३–२ ले कब्जाजमाएको छ ।
आइतबार मलेसियाभएको घरेलु टोलीविरुद्धको अन्तिम खेलमानेपालले ११० रनको लक्ष्य १९ ओभर दुई बलमा पूरा गर्दै ३ विकेटको जितदर्ता गराउन सफलभयो ।
नेपालको जितमाओपनरसीता राना मगरले३७बलको सामना गरी ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रनबनाइन ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो ।
पाँचखेलको यस श्रृंखलामा नेपालले पहिलो पटक मलेसियासंग हार पनि स्वीकार्नु परेको छ ।