शरणार्थी प्रकरण : आजदेखि प्रतिवादीहरुको वयान हुँदै, मुद्दा न्यायाधीश न्यौपानको इजलासमा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादीहरुको वयान सुरु हुँदैछ ।
काठमाडौ जिल्लाअदालतमादायर भएको मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । गतबुधबार सरकारी वकिलकार्यालय काठमाडौंले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्रीबालकृष्ण खाँण,सरकारका बहालवाला सचिव टेक नारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाबादलका सल्लाहकार इन्द्रजीत राई लगायतका ३० जनालाई प्रतिवादीबनाएर मुद्दा दायर गरेको थियो ।
दायर मुद्दामाथि आजदेखिन्यायाधीशसमक्षबयान सुरु गरिएको हो ।आरोपीहरुको बयान र थुनछेककालागिकम्तीमादुई साताको समय लाग्नअनुमानगरिएको छ ।
नेपालीनागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आरोपीहरुको मिलेमतोमा १सय४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो