मोटरसाइकलको ठक्करबाट धोबिघाट ओरालोमा एक पैदलयात्रीको मृत्यु
ललितपुर महानगरपालिका वडा नम्बर ३ धोबिघाट ओरालोमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
इलाम घर भई कीर्तिपुर बस्ने २७ वर्षीय धनराज लिम्बुले चलाएको प्रदेश नम्बर १-०३-००१ प १६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ।
करिब ४५ वर्षका उनको पहिचान खुलेको छैन।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई अल्का अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा बुधबार बेलुकी निधन भएको प्रहरीले जनाएको छ।