यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजसोमबारका लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९७ पैसा रहेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ २१ पैसा रहेको छ।
यस्तै,अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा पुगेको छ।कतारी रियालको मूल्यएकको खरिद दर ३५ रुपैयाँ ६७ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको छ।