सुरु गर्यो डडेलधुराको परशुराम नगरपालिकालले दीर्घरोगीको निःशुल्क स्थास्थ्य बीमा
डडेलधुराको परशुराम नगरपालिकालले दीर्घरोगीको निःशुल्क स्थास्थ्य बीमा अभियान सुरु गरेको छ । आइतबार एक कार्यक्रमका बीच परशुराम नगरपालिका मेयर भरत बडायर जोशीले दीर्घरोगीको निशुल्क स्वास्थ्य बीमा अभियानको सुरु गरेका हुन् ।
नगरपालिकाले दीर्घ रोगीको निशुल्क स्वास्थ्य बीमा आफ्नो नीति कार्यक्रममा पनि समेटेको थियो । यसका लागि नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको थियो ।
स्वास्थ्य बीमाको प्रतिव्यक्ति वार्षिक ३५ सय नगरपालिकाले तिरिदिने छ । मेयर जोशीका अनुसार एक वर्षमा बिमा गरिएका परिवारका पाँच जनाको एक लाख बराबरको स्वास्थ्य उपचार निःशुल्क हुन्छ ।
