प्रधानसेनापति प्रभुराम शर्मालाई चिनियाँ राजदूत छेन् सोङ्गले भेटे
प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले शिष्टाचार भेट गरेका छन् ।
प्रधानसेनापति शर्मासँग भेट गर्न राजदूत सोङ्ग बिहीबार सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।
भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत सोङ्गबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।