लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो
प्रजातन्त्र स्थापना दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए ।
नेता महरले शासकीय व्यवस्थामा लोकतन्त्र नै सबैभन्दा उत्कृष्ट शासन व्यवस्था भएको बताए।
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। गल्ती कमजोरी, असल खराब राज्य सञ्चालकहरूको हातबाट हुनसक्छ तर विषयहरूको समाधान तथा हल भने लोकतान्त्रिक प्रणाली भित्र मात्र सम्भव छ,’ महरले भने । तर, आज देशभित्र विद्यमान रहेका समस्याहरूको कारण बहुदलीय व्यवस्था हो कि भन्ने भ्रमजाल छर्ने काम लोकतान्त्रिक व्यवस्थाको जन्मजात विरोधीहरूबाट भइरहेको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने अभिव्यक्ति दिएसँगै उक्त अभिव्यक्तिलाई इङ्गित गर्दै महरले उक्त धारणा राखेका हुन्।