जसपाले दियो नयाँलाई मात्र अवसर
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रदेखि प्रदेशसम्म नयाँ नयाँ नेतालाई अवसर दिएका छन् । उनले संसदीय दलको नेता बनाउनेदेखि लिएर मन्त्रीलगायत पदहरूमा नयाँलाई अनुहारलाई प्राथमिकता दिएका छन् ।
मधेस प्रदेशमा दोस्रो पटक सरकारको नेतृत्व गरेको जसपाले कुनै पुराना अनुहार दोहोराएका छैनन् । पार्टीले मुख्यमन्त्रीदेखि लिएर मन्त्रीलगायत सबैमा नयाँलाई अवसरलाई दिएको छ ।