सरस्वति आवसिय माध्यमिक विद्यालयको ५६ औं वार्षिक उत्सव सम्पन्न
सरस्वति आवसिय माध्यमिक विद्यालय क्षेत्रपाटिले ५६ औं वार्षिक उत्सव, पुरस्कार वितरण तथा अभिभाबक दिवस शनिबार सम्पन्न भएको छ । विद्यालयका प्रधानध्यापक सुमन मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिशेश अथितीका रुपमा नागरिक उन्मुक्ति पार्टिकी अध्यक्ष रञ्जिता चौधरी, अथिती बर्दिया क्षेत्रनम्बर १ का प्रतिनिधी सभा सदस्य लालदेभ चौधरीका साथै शिक्षक, शिक्षीका तथा अभिभाबकको बाक्लो उपस्थिती रहेको थियो ।
पानसमा बत्ति बालेर कार्यक्रमका बिशेश अथिती, अथिती, प्रधानध्यापकले कार्यक्रम उद्घाटन गरेका थिए ।
विद्यार्थीहरुले गीत, नृत्यद्धारा मनोरञ्न प्रदान गरेको कार्यक्रममा विद्यालयका प्रधानध्यापक सुमन मल्लले गहकिलो र निकै सान्दभिक मन्तव्यका साथै कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए ।
कार्यक्रममा विभिन्न विधाका उत्कृष्ठ विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बिशेश अथितीले सम्मोदन गर्दै नागरिक उन्मुक्ति पार्टिकी अध्यक्ष रञ्जिता चौधरीले विद्यालयको शौक्षिक तथा भौतिक प्रगती निकै राम्रो रहेको बताईन् । अध्यक्ष रञ्जिता चौधरीले बालबालीकाको शौक्षिक विकासको लागि अभिभाबक, समुदाय र सम्पुर्ण पक्षले विशेश भुमिका खेल्नुपर्ने बताइन् ।