अनेरास्ववियूले आसन्न स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता गराउन माग
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आसन्न स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिताको माग गरेको छ ।
अनेरास्ववियूले चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा ५० प्रतिशत महिलाको सहभागिता गराउन माग गरेको हो ।
अनेरास्ववियू महासचिव आरती लामा नेतृत्वको टोलीले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद महानिर्देशनालयका प्रमुख प्राध्यापक पशुपति अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त कुराको माग गरेको हो ।