बालाजु माछापोखरीमा प्रहरीको गाडी जलाएको आरोपमा पानी बेच्ने महिला पक्राउ
बालाजुको माछापोखरीमा भएको प्रदर्शनमा प्रहरीको गाडी जलाएको आरोपमा प्रहरीले थप दुईजनालाई बुधवार साँझ पक्राउ गरेको छ । धर्मस्थली बस्दै आएकी सङ्गीता परियार र नुवाकोटका रन्जित कुमार तामाङ प्रहरिले पक्राउ गरेको हो ।
प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए । धर्मस्थली बस्ने सङ्गीता परियार माछापोखरीमा पानी बेच्छिन् । पानी बेच्दै गर्दा प्रदर्शन सुरु भएपछि प्रर्शनकारीहरुसँगै मिलेर उनले प्रहरीको गाडी जनाएको अनुसन्धानबाट थाहा भएको छ ।