बाजुरामा पुन: मतगणना रोकियो
बाजुराको मतगणना फेरि रोकिएको छ। निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुराका मुख्य निर्वाचनले जनाकारी दिए।
उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणना भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो।
यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । पछिल्लो परिणाम अनुसार पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत पाएका थिए ।