जंगी अड्डा पुगे प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवा जङ्गी अड्डा पुगेका छन् ।
रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन देउवा जङ्गी अड्डा गएका हुन् ।रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंसँग भएको र पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन गएको उनको निजी सचिवालयले जनाएको छ ।