राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। पासपोर्ट खरिद प्रकरणको अनुसन्धानका क्रममा उनलाई सोमबार प्रधानमन्त्री कार्यालय बालुवाटारबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।