बैठक रोक्न एमालेको माग आजको प्रतिनिधिसभा
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको सोमबारको बैठक रोक्न माग गरेको छ ।
किसानले मल नपाएको विषयमा छलफल गर्न बजेटमाथिको छलफल स्थगन माग गर्दै संसदमा प्रस्ताव लगेको एमालेले उक्त प्रस्तावमाथि छलफल भएपछि स्थगित भएको बैठक पुन सञ्चालन गर्न खोज्दा रोक्न माग गरेको हो ।प्रतिनिधिसभामा २ घण्टा छलफल भएको छ । एमालेको प्रस्तावमाथि छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । त्यसपछिको बैठकमा मन्त्रीहरुले मन्त्रालयगत बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची थियो ।