एमालेले भण्डाफोर गर्ने भूराजनीतिक द्वन्द्व रोक्न
नेकपा एमालेले वर्तमान सरकारले मुलुकलाई भू– राजनीतिक द्वन्द्वमा धकेल्ने काम भइरहेको भन्दै त्यसलाई रोक्न आवश्यकता अनुसार विरोध र भण्डाफोर गर्ने जनाएको छ ।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकपछि प्रतिक्रिया दिँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको सरकारको गतिविधिका कारण बाह्य सम्बन्धहरूमा विचलन आएकोप्रति बैठकमा छलफल भएको बताए ।