धनगढीमा नृप वडको हार आरजुलाई महँगो पर्नसक्छ
धनगढी उपमहानगरपालिकाका मेयर उम्मेदवार नृपबहादुर वडले स्वतन्त्र उम्मेदवार गोपाल (गोपी) हमाललाई कहिल्यै आफ्नो प्रतिस्पर्धी मानेनन् ।
अघिल्लो पटक एक्लै चुनाव जितेको, यो पटक माओवादी केन्द्र, एकीकृत समाजवादीका दलको साथ पाएका उनी भन्ने गर्थे, ‘स्वतन्त्र उम्मेदवारको न जरा, न त टुप्पो । त्यसैले प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवारसँग छैन, हुँदैन ।’