केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा दोस्रो स्थानका लागि
काठमाडौं महानगरपालिकामा दोस्रो स्थानका लागि केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा देखिएको छ ।
केही वडाको मत गणना गर्न बाँकी छँदै मेयरमा बालेन्द्र साह (बालेन)को जित पक्का भइसकेको छ । वडा नम्बर १४, १५ र १६ को गणना चलिरहँदा साहले ५८ हजार २६१ मत पाएका छन् ।नेकपा एमालेका उम्मेदवार स्थापितले ३६ हजार ८५० मत पाएका छन् । सुरुदेखि दोस्रो स्थानमा रहेका स्थापीतलाई उछिनेर सिर्जना दोस्रो स्थानमा आएकी थिइन् ।