कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बासना थापा, सचेतकमा निश्कल राई सिफारिस
काठमाडौँ — बासना थापा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बन्ने भएकी छन्। दैलेख–१ बाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित थापा प्रमुख सचेतक बन्न लागेकी हुन्।
त्यस्तै, निश्कल राई सचेतक बन्ने भएका छन्। इलाम–१ बाट निर्वाचित राई २०७९ सालदेखि पार्टी राजनीतिमा सक्रिय छन्। उनी यसअघि नेविसंघ तथा विभिन्न सामाजिक संस्थासँग पनि आबद्ध रहिसकेका छन्।
पार्टीभित्र संसदीय दलका पदाधिकारी चयनका लागि गठित कार्यदलले सर्वसम्मत सहमतिका आधारमा नाम टुंग्याएको बताइएको छ। यद्यपि प्रमुख सचेतक र सचेतकको औपचारिक निर्णय संसदीय दलको बैठकले गर्नेछ।
संसदीय दलको नेतृत्व भने भीष्मराज आङ्देम्बे ले गर्ने निर्णय भइसकेको छ। पार्टीभित्र एकताको सन्देश दिने उद्देश्यले सहमतिको आधारमा पदाधिकारी चयन गरिएको बताइएको छ।