मेयर र उपमेयरमा कांग्रेस विजयी महागढीमाई नगरपालिकाको
बाराको महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) दोहोरिएका छन् ।निवर्तमान मेयरसमेत रहेका यादवले ८६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७३७६ मत ल्याएका छन् ।
उपमेयरमा पनि कांग्रेसकी निवर्तमान उपमेयर तारादेवी कानु ७९९७ मत प्रात गरी दोहोरिएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुस्पान्जली देवीले ७०१० मत पाइन् ।