जोशी चुनाव जित्न असफल, कांग्रेसलाई हल्लाउन सफल तनहुँमा
छोरा दिपकराज जोशीलाई व्यास नगरपालिकाको मेयर बनाएर रामचन्द्र पौडेलसँगको इगो मेट्ने र आफ्नो राजनीतिक विरासत जोगाउने पूर्वमन्त्री गोविन्दराज जोशीको प्रयासमा तत्कालका लागि ब्रेक लागेको छ ।तर पौडेल र जोशीको टकराव झन गहिरिने संकेत देखिएको कांग्रेस नेताहरु बताउँछन् ।
जोशीले १७ वर्षदेखि अमेरिकामा बस्दै आएका छोरा दीपकलाई फिर्ता बोलाएर तनहुँको व्यास नगरपालिकामा मेयर उठाएका थिए ।
जोशीको पुर्ख्यौली थातथलो भानु नगरपालिकामा पर्ने भए पनि दीपकको मतदाता नामावली व्यासमा सारिएको थियो । यसको कारण थियो, कांग्रेस नेता रामचन्द्र पौडेलको पालिकामा चुनाव जित्ने, पौडेललाई कमजोर बनाउने र राजनीतिक विरासत जोगाउने ।कांग्रेस नेता पौडेलेको पुर्ख्यौली गाउँ व्यास–८ को रिस्ती हो ।