भरतपुरको मेयर पाउनेमा प्रचण्ड ढुक्क
महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार विहानैदेखि बसेको शीर्ष नेताहरुको बैठक छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पेरिसडाँडा पुगे ।
पार्टीले चुनाव लक्षित गतिविधि प्रचारका लागि प्रत्येक सोमबार गर्ने पत्रकार सम्मेलनको सुरुवातका लागि प्रचण्ड पेरिसडाँडा पुगेका थिए । त्यहाँ उनले बैठकको केही सूचना पनि चूहाए ।
पालिका तहसम्म सत्तारुढ दलहरुबीच तालमेल हुनेमा आशावादी देखिएका प्रचण्ड भरतपुर महानगरको मेयर माओवादी केन्द्रले पाउनेमा समेत विश्वस्त देखिए ।