एमसीसीलाई फिर्ता पठाउनुपर्छ : दुर्गा पौडेल
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने बताएकी छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने कार्यसूची आएपछि विशेष समय लिएर बोकेकी पौडेलले भनिन्, ‘जसरी श्रीलंकाले फिर्ता पठाएको छ, हामीले पनि त्यसरी नै फिर्ता पठाउनुपर्छ ।’