महन्थ ठाकुर पक्ष र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता
जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।
मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा जसपा नेताले विगतको सरकारसँग भएका सहमति कार्यान्वयनबारे छलफल गरेको जसपा नेता शरतसिंह भण्डारीले सेतोपाटीलाई बताए।
'संसद अधिवशेन अन्त्य भएको । हाम्रा माग मुद्दाहरू सम्बोधनको विषय कहाँ पुगेको छ। नागरिकता विधेयक पारित नहुँदा लाखौं युवाले नागरिकता लिन पाएका छैनन् भनेर हामीले भनेका छौं,’ उनले भने, ‘संविधान संशोधनका लागि यसअघि कार्यदल बनेको थियो। यसबारेमा हामीले कुरा गर्यौं। यो सरकारलाई हामीले पनि समर्थन गरेकोले हाम्रा माग र मुद्दाको सम्बोधन गराउनेबारे भनेका हौं।'