माओवादी संसदीय दलको बैठक, देउवालाई मत दिन ह्वीप लगाउने
नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेबारे छलफल गर्न बैठक बोलाइएको हो। प्रधानमन्त्री देउवाले आज अपरान्ह ४ बजे विश्वासको मत लिँदैछन्।
बैठकमा माओवादी केन्द्रबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै सांसद् सहभागी छन्। प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ।
सर्वोच्च अदालतले शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्तको परामादेश जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २९ असारमा देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभाको पहिलो बैठक बसेर स्थगित भएको केहीबेरमा अर्को बैठक बस्नेछ । सोही बैठकमा विश्वासको मतका लागि मतदान हुनेछ ।