प्रदेश २ को नाम र राजधानी विवाद समाधान कसरी हुन्छ भन्नेबारे भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
यतीखेर संघीय सरकारहरुलाई आ-आफ्ना प्रदेशको राजधानी तोक्ने र नाम राख्ने विषय निकै सकसपूर्ण भएको छ। संस्कृती, रितीरिवाज, जातिय पहिचान र भुगोललाई समेट्नुपर्ने आवाज उठिरहेपनि केही प्रदेशले विवादका बिच विषय टुंगो लगाईसकेका छन् । अब प्रदेश २ ले कसरी टुंगो लगाउँछ,चासोका साथ हेरिएको छ ।
यहि सम्बन्धी नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म २२ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ । मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा छ प्रशनहरु छन् ।
यी प्रश्नहरुले अहिले सम्म पनि प्रदेश २ को नामांकन र राजधानि टुङ्गो लाग्न नसक्नुमा को जिम्मेवार छ र प्रदेश २ को राजधानि कहाँ बनाउँदा ठिक होला भन्ने कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :