धम्की दिँदै रकम असुल्न खोज्ने अभियोगमा काठमाडौँबाट एक जना पक्राउ
काठमाडौं । आफू प्रहरी भएको भन्दै रकम असुल्ने कार्यमा संलग्न एक कजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा ओखलढुङ्गा लिखु गाउँपालिका-३ दामनाङटार घर भइ भक्तपुर नयाँठिमी बस्ने ३२ वर्षीय कुल बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
बस्नेत सहित ४ जनाले प्रहरी हुँ भन्दै उक्त प्रालिमा गिट्टी बालुवा झारेको पैसा माग्नुका साथै धाकधम्की दिई हुलहुज्जत समेत गरेका थिए ।
यसबारे जानकारी पाएलगत्तै महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।