चुनौतीको समयमा अवसरः प्राबिधिक, शिक्षक र विषय विज्ञलाई रोजगारीको यस्तो छ अवसर
काठमाडौं । चाडवाडको मुखमा हजारौं प्राविधिक तथा शिक्षकहरु बेरोजगार भएका छन् । कोभिड–१९ महामारीले आक्रान्त बनाएपछि शिक्षणलगायत अन्य कैयौं ब्यावसायहरु जोखिममा छन् ।
अधिकांश निजी संस्थामा काम गर्ने शिक्षक तथा प्राबिधिकहरु ले बिगत ६ महिनादेखि तलब नपाएको स्थिती सिर्जना भएको छ। त्यसकारण कतिपय शिक्षक तथा प्रबिधिकहरुले जीवनयापनको लागि घरेलु कामसम्म गर्न बाध्य छन्। उनीहरुलाई दैनिक गुजारा चलाउन धौ/धौ परिरहेको छ।
शिक्षा क्षेत्रको कुरा गर्दा नेपालमा करिब २ लाखको संख्यामा रहेका शिक्षकहरुले वर्षौदेखि गरेको पेशा छाड्न बाध्य हुने परिस्थति आएको छ । केही शिक्षकहरु त अहिलेपनि दैनिक गुजारा चलाउन बैकल्पिक कामको खोजीमा भौतारिरहेका छन् । यसैगरी, प्राबिधिक क्षेत्र स्वदेशी तथा बिदेशी संस्थाहरुमा कार्यरत उच्च प्राबिधिक जनशक्तिहरुलाई पनि सो संस्थाहरुले बर्खास्त गर्दै गरेको अवस्था सिर्जना भएको छ।
यस्तो विषम परिस्थितिमा समेत दुरदर्शी संस्थाहरु रोजगारको सिर्जना र दिगो आर्थिक विकाशको सोंचमा लागिरहेका छन् । यस्तै एउटा शिक्षा र सूचना प्रविधि क्षेत्रमा ख्याति कमाइरहेको काठमाडौँ बालुवाटारस्थित इनोभेट टेकले सयको हाराहारीमा प्राबिधिक, शिक्षक र विषय विज्ञलाई रोजगारीको अवसर खुलाएको छ ।
इनोभेट टेकले कोरोना संक्रमणको अवस्थामा पनि प्राबिधिक शिक्षक र विषय विज्ञलाई नेपाल र विश्वका लागि तयार हुने विभिन्न विषयको डिजीटल पाठ्यसामाग्री तयार गर्न रोजगारीको अवसर दिन लागेको बताएको छ।