कोरोना भाइरसबाट संक्रमित १०० वर्षीय वृद्ध निकाे भए
(बेइजिङ) चीनमा १ सय वर्षका एक व्यक्तिले आफ्नो हिम्मत तथा बाँच्ने इच्छाका कारण कोरोना भाइरसलाई हराएका छन् । उनी पूरै ठीक भएका छन् ।
प्राप्त जानकारीअनुसार कोरोनाबाट संक्रमित १ सय वर्षका उनी ठीक भएका छन् । याे संक्रमणबाट मुक्ति पाउने उनी सबैभन्दा पाकाे उमेरका व्यक्ति हुन् । उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । कोरोना भाइरसका कारण उनलाई २४ फेब्रुअरीमा हुबेईको म्याटरनिटी एन्ड चाइल्ड हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई फ्लूजस्तो स्वासको रोगका अतिरिक्त अल्जाइमर, उच्च रक्तचाप र मुटुसँग सम्बन्धित बिमार पनि थियो ।
१३ दिनको जाँच तथा उपचारपछि उनलाई अस्पतालले विदाइ गरेको हो ।