भारतमा उच्च सतर्कता नेपाली पक्ष बेखवर,भारत नेपाल सिमानामा पाँच आतंकवादी भेटिएको एनआइएकाे दाबी
(काठमाडौं) भारतको नेशनल इन्भेस्टिगेसन एजेन्सी एनआइएले दिपावलीमा हुन सक्ने सम्भावित आतंकवादी हमलालाई लिएर उच्च सतर्कता अपनाएको छ ।
आतंककारीहरुले गरेका गोप्य कुराकानी अनुसार १७ अक्टोबरका दिन उनीहरु दिल्लीमा जम्मा भई घटना घटाउने योजना बनाएको एनआइएले खुलासा गरेको छ ।एनआइए आतंककारीहरु विरुद्ध कारबाही गर्ने सबैभन्दा ठूलो अनुसन्धान एजेन्सी हो । एनआईएले यसरी सूचना बाहिर ल्याएको यो पहिलो पटक हो ।
यता, भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार नेपालभारत सीमामा सुरक्षा बढाइएको छ भने आउनेजानेमाथि निगरानी समेत बढाइएको छ । तर, नेपाली पक्षलाई भने कुनै जानकारी नआएको गृहमन्त्रालयले बताएको छ ।