सव–ओभरसियरको मृत्यु माटोको ढिस्कोले पुरिएर
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने पर्वत सडकखण्डमा सडक विस्तारको काम गरिरहेको बेला माटोको ढिस्कोले पुरिएर कुस्मा नगरपालिकामा एक सबओभरसियरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ स्थायी ठेगाना भएका २३ वर्षीय सबओभरसियर कमल राई रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी स्यामु अर्याले जानकारी दिए ।
कुस्मा नगरपालिका–७ खरेहामा मध्यपहाडी लोकमार्गको स्तरोन्नतिको काम भइरहेको बेला एक्कासी सडकमाथिबाट माटोको ढिस्को खस्दा राई पुरिएका हुन् । र अहिले उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगमा उनको शव बाहिर निकालेको छ । शवलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।