नासा आन्माको १५ औं सम्मेलन सम्पन्न
काठमाण्डाै : अमेरिकाको मध्य-पश्चिम र दक्षिण-पूर्वी राज्यमा बस्ने नेपालीहरूको दुई संस्था: नासा / आन्माको तीन दिने १५औं सम्मेलन आइतबार नर्थ क्यारोलाइनाको विस्न्टन-सेलममा सकिएको छ। यस क्षेत्रका नेपालीहरूका दुई ठूला संगठन छन्, एसोसिएसन अफ नेप्लिज इन मिड-वेस्ट अमेरिका (आन्मा) र नेप्लिज एसोसिएसन इन साउद-इस्ट अमेरिका (नासा)। सम्मेलनमा स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम, फेसन शो, निबन्ध प्रतियोगिताका परिणाम, छात्रवृत्ति प्रदान आदि गरियो। कलाकारहरू: इन्दिरा जोशी, जगदिश समाल, श्याम सुन्दर आदिले आफ्नो कला प्रस्तुत गरे। नासा पदाधिकारी चयनका लागि निर्वाचन भएको थियो। विभिन्न विषयमा छलफल तथा प्रस्तुति (प्रजेन्टेसन) हरू थिए।
कार्यक्रममा पूर्वमन्त्री खगराज अधिकारी, डा. शिव गौतम, डा. मुना दाहाल पोखरेल, डा. कुसुमाकर न्यौपाने, आदि उपस्थित थिए। उनीहरू छलफलमा सहभागि भए। संस्थाले समेट्ने क्षेत्रका नेपालीहरूको राम्रै उपस्थिति थियो। सन् १९८२ मा स्थापना भएको आन्मा र सन् १९९१ मा स्थापना भएको नासाको उक्त संयुक्त सम्मेलन अमेरिकी लेबर डे (सेप्टेम्बरको पहिलो सोमबार) मा सकिने गरी आयोजना गरिंदै आएको छ। आन्मा, संयुक्त राज्य अमेरिकाको मध्य-पश्चिममा बस्ने नेपालीहरूको संगठन हो भने नासाले अमेरिकाका दश राज्य : फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, टेन्नेसी, अलाबामा, मिसिसिपी, अर्कान्सास, लुइजियाना र केन्टकीका नेपालीलाई समेट्छ