मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जनाको मृत्यु
काठमाण्डौ – बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको ज्यान गएको छ । पाइप सफा गर्ने क्रममा बिहान साढे ९ बजेतिर सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको ज्यान गएको बालाजु प्रहरीले जनाएको छ ।
पाइप सफा गर्ने क्रममा निसास्सिएर बेहोस भएका दुवैजनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो । ज्यान गुमाएका दुवै जना दाजुभाइ भएको अनुमान गरिए पनि पुष्टि भने भइनसकेको प्रहरीले जनाएको छ ।