संविधान दिवसमा बियर खान, डेटिङ जान बिदा दिएको होइन : संचारमन्त्री बाँस्कोटा
काठमाण्डौ : संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तास खेल्न, पिकनिक खान, डेटिङ जान र वियर खानका लागि संविधान दिवसका दिन बिदा नदिइको तर्क गरेका छन् ।संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचार प्रशार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले संबिधान दिवसलाई भव्य बनाउन पनि आग्रह गरे । सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपुर्ण सहभागिताको अपेक्षा आफुले गरेको बताए उनले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै बर्ग र क्षेत्रको अर्थपुर्ण सहभागिता हुनुपर्ने बताए ।
‘संविधान दिवसको दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन । फाईनल कुरा यही हो । सिधा राष्ट्रिय दिवस नै मनाउन दिएको हो, मन्त्री बाँस्कोटाले भने । संविधान दिवस मूल समारोह समिति अन्र्तगत संचारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचार उपसिमितिले बुधबार संचारक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुसँग छलफल पनि गरेको छ ।