बझाङमा ललीताको हत्यापछि जलविद्युत आयोजनामा तोडफोड र प्रदर्शन
बझाङ,२२असार । बझाङमा बुङ्गल नगरपालीकामा सोमबार राति भएको युवती हत्याको घटनालाई लिएर आक्रोसित स्थानीयहरुले निर्माणाधीन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन ।
उत्त तोडफोडबाट आयोजनामा १५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजना कार्यालयले जनाएको छ । गत मंगलबार विहान बुङ्गल नगरपालिका २ को खोचे भगाड भन्ने ठाउँको सडक किनारामा मृत अवस्थामा फेला परेकी बुङ्गल नगरपालिका २ की २० बर्ष ललिता धामीको हत्याको विषयलाई लिएर आन्दोलन भएको हो ।

ललिताको डडेल्धुरा जिल्ला परशुराम नगरपालिका जोगबुढाका माधव बोहराले हत्या स्वीकार गरिसकेका थिए । माधवलाई हत्या संगलगनमा समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बोहरा कालंगा हाइड्रोमा जेसिबी चालक थिए । स्थानीय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुले शुक्रबार विहानैदेखी जलविद्युत आयोजनाकौ क्याम्प, मेसिन तथा गाडीहरुमा तोडफोड गरेका थिए । उत्र भीड नियन्त्रणमा लिनको लागि प्रहरीले पाँच सेल अश्रुग्याँससमेत प्रहार गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप बल बुङ्गलतर्फ परिचालन गरिएको भए पनि अराजक भीड नियन्त्रणमा नआएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिएका छन ।.jpg)
कार्यालय, र क्याम्प विरा बगरमा रहेको निर्माणाधिन क्याम्पमा तोडफोड गरेर कार्यालय तथा बन्दोबस्तीका सामानहरुमा क्षति पु¥याएको बताएको छ १५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको आयोजनाका संस्थापक वीरेन्द्र मल्लले जान्कारी दिएका छन । ललीताका प्रदर्शनकारीहरुले प्रहरीको मोटरसाइकलमा समेत तोडफोड गरेका जानाएको छ । _0.jpg)
उनले हत्याको निहुँ बनाएर जलविद्युत आयोजनाको काममा अवरोध गर्न खोजेको बताएको छ । स्थानीय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई उचालेर आयोजनाको संरचना तथा उपकरणहरुमा तोडफोड गरेको आयोजना कार्यालयको दाबि रहेको छ । आफ्नै छोरीको मृत्यूको विषयलाई लिएर आन्दोलन भैरहेको भए पनि यस विषयमा कुनै जानकारी नभएको मृतकका बुबा कलक बहादुर धामीले बताए का छन ।