कैलालीमा आफ्नै छोराले ६० वर्षीय बाबुलाई चिर्पटल प्रहार गरी हत्या
काठमाण्डौ १३ श्रावण । कैलालीको गोदावरी नगरपालिका ९५ र्बबाटाका ६० वर्षीय बाबु अम्बरलाई आफ्नै छोरा ३० वर्षीय राम सिंह कुमालले चिर्पटले हानेर हत्या गरेका छन्।घरायसी विवादका क्रममा आइतबार राति छोरोले चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्या गरी फरार रहेका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउन’भयो चिर्पट प्रहारबाट गम्भीर घाइते अम्मरको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिला प्रहरी कार्यलयले जनाएको छ।